aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिर्जना फाइनान्सको १४.२७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
सिर्जना फाइनान्सको १४.२७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले यस वर्षको लागि लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आव २०७६/७७ को मुनाफाबाट कुल १४ दशमलव २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी  ८४ करोड ७८ लाख ३८ हजार रुपैयााको आधारमा १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस