aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मैत्रीय सहकारीको साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
मैत्रीय सहकारीको साधारणसभा सम्पन्न

काठमाडौं । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३आंैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरको बालकोटमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताएका छन । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पु¥याएको उहाँको भनाइ थियो । 

मैत्रीय सहकारीका अध्यक्ष एवम् सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बतए । उनले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरूका लागि समर्पित भएर काम गरेको उल्लेख गरे । 

संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गरे । 

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए । सभामा कोषाध्यक्ष सिलवालले आ.व. ०७६÷७७ को आर्थिक प्रतिवेदन र ०७७/७८ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए । 

मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिव २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस