aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सफा टेम्पोमा चड्दा पैसा छैन ! अब यस्तो सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ पुस २०७७
सफा टेम्पोमा चड्दा पैसा छैन ! अब यस्तो सेवा शुरु

काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । 

यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने बैंकले जनाएको छ ।

  महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आप्mनो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ । 

प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस