aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि अर्थात पुस १३ गते बुकक्लोज गर्दैछ। 

आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता पनि जनाउन सक्नेछन्।

बैंकको हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सो सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजे शुरु हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस