
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १४ दशमलव २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस