aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनआईसी एशिया र स्वदेशी लघुवित्तले एकै दिन बोलाए साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
एनआईसी एशिया र स्वदेशी लघुवित्तले एकै दिन बोलाए साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । मर्जरको लागि अन्तिम सम्झौता गरिसकेका एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक दिन साधारण सभा आव्हान गरेका छन् । दुवै कम्पनीले मर्जर सम्बन्धि विशेष प्रस्ताव सहित माघ ४ गते साधारण सभा आव्हान गरेका हुन् ।  

एनआईसी एशिया लघुवित्तको सभा विहान ९ बजे होटल र्याडिसनको सभा कक्ष, भेरी–४ जाजरकोटमा हुनेछ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा गर्न लागेको हो । त्यस्तै, स्वदेशी लघुवित्तले इटहरी, सुनसरीमा विहान ९ बजे होटल पाथिभराको सभाहलमा सभा बोलाएको छ । दुवै कम्पनीको सभाले मर्जर प्रयोजनका लागि सम्पत्ति दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरेको शेयर स्वाप रेसियो अनुपातलाई स्वीकृति प्रदान गर्नेछन् ।  

यी दुई कम्पनीविच मर्जरका लागि गत साउन ३२ गते सझदारी पत्रमा हस्ताक्षर भएको थियो भने पुस १० गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको छ । 
 

प्रतिक्रिया दिनुहोस