
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच “कर्पोरेट पे” सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सेवा मार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन् । बैकले सो सम्झौता पश्चात यो सेवा कर्पोरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड(१९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ ।
बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बैंकिङ प्यालटर्फम मार्फत ग्राहकहरुलाइ सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस