aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटिसी/सीडीएमए/युटिएल/डिसहोमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ  । 

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस