aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेन्ट्रल फाइनान्सले गर्यो १० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
सेन्ट्रल फाइनान्सले गर्यो १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सेञ्ट्रल फाइनान्स लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस १२ गतेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस