aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सनराइज बैंक लथालिंग सीइओको तलब भने बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
सनराइज बैंक लथालिंग सीइओको तलब भने बढ्यो

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमायो । यो गत वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । तर, बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भने बढाएका छन् । केहि महिना अघि बैंकका सञ्चालक समितिले बैंकलाई सुधारर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएर जागीर थमौति पाएका बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आफ्नो तलब ७ लाख रुपैयाँले बढाएर एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत पुर्याएका छन ।

 गत वर्ष रत्नराज बज्राचार्य सिइओ भएको बेलामा एक करोड २७ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए । जुन बेला बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकका उच्च तहका कर्मचारी प्रमुख कार्यकारी अधिकृतको कामदेखि सन्तुष्ट छैनन । बैंक स्रोतका अनुसार बैंकबाट केहि समयमा बैंकको उच्च तहमा रहेको व्यवस्थापन टिमले प्रमुख कार्यकारी अधिकृतका कारणले नै बैंक  छोड्दैछन् । 

प्रमुख कार्यकारी अधिकृतको तलव सम्झौता अनुसार बढेको बैंकका अध्यक्ष मोतिलाल दुगडले बताए । ‘हामीले अन्य बैंकको जस्तो आक्रामक हिसावले जथाभावी लगानी गरेका छैन र स्वाप पनि नगरेका बैंकको प्रफरमेन्स राम्रो नभएको हो,’ उनले भने ‘कोभिडपछि राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस