
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक र सानिमामाई हाइड्रोको शेयरमूल्य समायोजन गरेको छ । यी दुबै कम्पनीले प्रस्तावित लाभांश र आगामी साधारण सभाका लागि पुस १३ गते बुक क्लोज गरेकाले बोनसपछिको मूल्य नेप्सेले तोकेको हो ।
मुक्तिनाथ विकास बैंकको आइतवार कायम अन्तिम मूल्य ३७९ रुपैयाँको आधारमा नेप्सेले ११ दशमलव २५ प्रतिशत बोनस शेयरपछिको मूल्य ३४१ रुपैयाँ तोकेको छ । मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई उक्त बोनससँगै ४ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले पुस २५ गते साधारणसभा बोलाएको हो ।
त्यस्तै सानिमामाई हाइड्राको आइतवार कायम अन्तिम मूल्य ३३८ रुपैयाँको आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको छ । कम्पनीको उक्त बोनस पछिको मूल्य नेप्सेले ३०७ रुपैयाँ तोकेको हो ।
सानिमामाई हाइड्रोले उक्त बोनससहित यस वर्ष कर समेत ५ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस