aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लक्ष्मी बैंकको ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताः विजेताले ५० हजारसम्म पुरस्कार पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
लक्ष्मी बैंकको ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताः विजेताले ५० हजारसम्म पुरस्कार पाउने

काठमाडौं । लक्ष्मी बैंकले ‘डिजिटल डिसेम्बर’ अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने छ । 
 
यस एक महिने अभियान ‘डिजिटल डिसेम्बर’को माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ र भाइबर बैंकिङ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ । 
 
लक्ष्मी बैंकको मोबाईल मनी ए गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ । प्रतियोगिताको नियमहरु यो बैंकको बेबसाइडमा उपलब्ध छ ।

‘माई मोबाईल मनी’ लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस