aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लुम्बिनी विकास बैंकको नेप्सेमा मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
लुम्बिनी विकास बैंकको नेप्सेमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको मूल्य समायोजन भएको छ। बैंकले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।  

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ।

प्रतिक्रिया दिनुहोस