aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेप्सेमा तीन बैंकको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
नेप्सेमा तीन बैंकको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन बैंकको मूल्य समायोजन भएको छ। बैंकहरुले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।   

लुम्बिनी विकास बैंक 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको मूल्य समायोजन भएको छ। बैंकले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश ९बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित० वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ। 

मितेरी डेभलपमेन्ट बैंक  
नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्नेछ। 

हिमालयन बैंक
नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैयाँ निर्धारण गरेको छ। आइतबार बैंकको शेयर प्रतिकित्ता ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २८ गते साधारण सभा डाकेको छ।  

प्रतिक्रिया दिनुहोस