aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

'५ महिनाको यो अवधिमा २० प्रतिशतले कर्जा प्रभाव बढ्यो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
'५ महिनाको यो अवधिमा २० प्रतिशतले कर्जा प्रभाव बढ्यो'

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बढ्न थालेको कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिदिन वाणिज्य बैंकहरूलाई आग्रह गरेका छन् । नेपाल बैकर्स संघको वार्षिक साधारणसभामा बोल्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरू निर्देशन गरेका हुन् । चालु आवको मंसिरसम्मको ५ महिनाको यो अवधिमा २० प्रतिशतले कर्जा प्रभाव बढेको भन्दै उनले उल्लेख गर्दै उनले भने ‘ठूलो आकारको कर्जाको सहि व्यवस्थापन गर्न बैकहरू सफल भएका छन् ।’

प्रणालीलाई आधुनिक विद्युतीय प्रणाली मार्फत गरिदिन उनले आग्रह गरे । गत सातामात्रै तरकारी बजारमा पनि क्यूआर कोर्डबाट भुक्तानी शुरु गरिएको छ । अब तरकारी बजारमा समेत पुगेकाले सबै क्षेत्रमा यसको प्रयोग गरिनुपर्छ भन्ने हो ,’ उनले भने । आगामी १ वर्ष भित्र नगद बोकेर जान नपरोस् भन्ने हो । संक्रमण समयमा यो अझ राम्रो र प्रभावकारी मानिएको छ । अबको १ वर्षभित्र तरकारी किन्नको लागि पैसा बोकेर हिड्न नपर्ने गभर्नर अधिकारीले बताएका छन् । 

सहुलियतपूर्ण, व्यवसायिक निरन्तर कर्जा, पुर्नकर्जा कार्यान्वयनमा आएको बताउँदै उनले यो अन्य विषयमा मूल्यांकन आगामी वैशाखमा गर्ने बताए । 
पुर्नकर्जा ८२ अर्ब स्वीकृत भएको छ । तीनै वटा कार्यक्रमको चैत मसान्तमा कुन बैंक कुन वित्तीय संस्थाको मूल्यांकन वैशाखमा गर्ने बताए । 

कोभिडबाट गुज्रिरहेका छौ । व्यवसाय पुनउत्थानको लागि गरिएको प्रयास राम्रो बन्दै गएको संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । गतको वर्षको भन्दा यस वर्ष कर्जा भन्दा चालु आवको ५ महिनामा २० प्रतिशतले कर्जा बढेको छ । पुुस मसान्त कर्जा आउँदै छ । यसमा बैंकहरूले गरेका कार्यको यथार्थ चित्रण आउने नै । निक्षेप तथा कर्जाको अवस्था राम्रो छ । जति चाडो हामी डिजिटलाइजेशमा जानुपर्छ भन्ने राष्ट्र बैंकको निर्देशन अनुसार अगाडि बढेका छौ ।  

सानिमा बैंकले एउटा शाखाबाट एउटा क्यूआर कोर्ड प्रवद्र्धन गर्नुपर्छ भनेर हामी लागिरहेका छौ. । बैकिङ कसुर ऐनलाई परिमार्जन गर्ने कार्य छिटो अगाडि बढाइ दिनुहुनेछ । 
 

प्रतिक्रिया दिनुहोस