
काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गरेर अघि बढ्दा बैंकहरुलाई अप्ठ्यारो परेको बैंक संचालकहरूले टिप्पणी गरेका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले अहिले बैंकहरू अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्दा बैंकहरूलाई धेरै गाह्रो हुने अवस्था आएको गुनासो गरेका हुन् ।
‘कुनै बैंकले अलिकति शुल्क बढी लियो वा केही तलमाथि गरियो भन्दैमा केन्द्रीय बैंकले नीतिनै परिवर्तन गर्न हुँदैन,’ उनले भने ‘राष्ट्र बैंकको नीति तथा निर्देशनहरू दीर्घकालीन हुनुपर्ने पर्छ ।’ नीति एक पटक आएपछि बैंकहरूले त्यहि अनुसार कार्यसम्पादन तथा आफ्नो पोटफोलियोहरू निर्धारण गर्छन, यसले बैकिङ क्षेत्रमा अस्थिरता कायम गरेको उनले बताए । दीर्घकालीन नीतिमा जोड दिन राष्ट्र बैंकलाई आग्रह गरे ।
उनले केन्द्रीय बैंकले ल्याएको नीति छोटो समयमानै परिवर्तन गर्दा कसरी अघि बढ्ने भनेर समस्या उत्पन्न भएको भन्दै नेपाल बैंकर्स एशोशियसनसँग सहकार्य गरेर अघि बढ्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस