aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

समता लघुवित्तको साधारण सभा सम्पन्न, २६.३२ प्रतिशत लाभांश र  घरेलु लघुवित्तसँगको मर्जर प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
समता लघुवित्तको साधारण सभा सम्पन्न, २६.३२ प्रतिशत लाभांश र  घरेलु लघुवित्तसँगको मर्जर प्रस्ताव पारित

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल २६ दशमलव ३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले पुस १४ गते सातौं वार्षिक साधारण सभा सम्पन्न गरी २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ३२ प्रतिशत नगद लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ११ लाख १६ हजार रहेको छ । २० प्रतिशत बोनस पश्चात यो पूँजी रू. २२ करोड ९३ लाख ३९ हजार पुगेको छ ।

सभाले घरेलु लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धी विशेष प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनी १००ः८० शेयर आदानप्रदान गर्ने सहमति बमोजिम मर्जरमा जान लागेका हुन । मर्जर प्रकृयाका लागि आईपर्ने सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ । 

समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था रहने र केन्द्रिय कार्यालय बनेपा–८ काभ्रेपलाञ्चोकमा रहेने प्रस्ताव पनि सभाले पारित गरेको छ । मर्जर प्रकृयाका लागि गत असार १ गतेदेखि समता लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । घरेलु लघुवित्त भने हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थिएन । समताले लाभांश प्रयोजनका लागि पुस ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ ।
 
उता, घरेलु लघुवित्त वित्तीय संस्थाले पनि मंगलवारनै दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरी मर्जर प्रस्ताव पारित गरेको छ । घरेलु लघुवित्त वित्तीय संस्था रू. ७ करोड ३ लाख ५० हजार चुक्तापूँजी भएको संस्था हो । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. २९ करोड ९६ लाख ८९ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस