aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंक सीईओ उपाध्याय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंक सीईओ उपाध्याय


काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको हो । बैकर्स संघको उपाध्यक्षमा  चयन भएका उपाध्याय सरकारी बैंकका पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । 

यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर एसबीआई बैंक, भारत फर्किएपछि उपाध्यक्ष पद रिक्त थियो । सोही स्थानमा उपाध्यायलाई चयन गरिएको हो । 

उता कार्यसमिति सदस्यहरुमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र माछापुच्छे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला चयन भएका छन् । दुई सदस्य पदहरु पनि लामो समयदेखि रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस