aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेपाल बैंकले दियो घरमै पुगी सहुलियत कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
नेपाल बैंकले दियो घरमै पुगी सहुलियत कर्जा

पाल्पा । नेपाल बैंक लिमिटेड, तासेन पाल्पा शाखाले तानसेन नगारपालिका वडा नं. १२ नामी कुवा, पुगी ६ वटा फर्मलाई एकै दिन २३ लाखको सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । नेपाल बैंक लिमिटेड र तानसेन नगारपालिका बीच भएको सम्झौता बमोजिम तानसेन नगारपालिकाको जमानीमा नगरक्षेत्रका युवा, महिला, दलित, शिक्षित बेरोजगार आदिलाई उद्यामशीलतामा सहभागी हुन कर्जा दिने सम्झौता भएको हो । 

 झिलमिल कृषि फर्म ( गोविन्द राना), केजिना कृषि तथा पशुपंक्षी फर्म (गोपाल बहादूर राना), बगाले कृषि तथा पशुपंक्षी फर्म (नल बहादुर बगाले) र पुष्पा पशुपंक्षी तथा कृषि फर्म (पुष्प लुगेली) लाई प्रति फर्म ४ लाख ५० हजार र प्रविन पशुपंक्षी तथा कृषि फर्म (झप कुमारी लुङ्गेली) लाई ३ लाख र गायत्री पशुपंंक्षी तथा कृषि फर्म ( गायत्री राना) लाई २ लाख सहुलियत कर्जा उपलब्ध गराउन सम्पूर्ण डकूमेन्टेसनसहित कर्जा सुविधा पत्र हस्तान्तरण गरेको हो ।

 कर्जा सुविधा पत्र हस्तान्तरण गर्दै नेपाल बैंक लिमिटेड, पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले नेपाल बैंकले करोडौं र अर्बाैंको कर्जा लिने ग्राहक र लाख दुई लाख कर्जा लिने ग्राहकलाई पनि उक्तिकै प्राथमिकतामा राखेको र बैंकिग क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुन सके मात्र अर्थतन्त्रको विकास हुन सक्ने भएकाले नेपाल बैंक लिमिटेडले उत्पादनमुलक क्षेत्रमा जोड दिएको बताए ।

कार्यक्रमलाई सहजीकरण गर्ने संस्था ग्रामीण आर्थिक संघ (रेडा) का अध्यक्ष लीला बहादुर कार्कीको समेत सहभागी रहेको उक्त कार्यक्रममा बैंकसंग लिएको कर्जालाई सही ठाउँमा उपयोग गरी सहुलियत कर्जाको फाइदा लिई उद्यमशीलताको विकास गर्न किसानहरु लगिपर्नुपर्नै कुरा लीला बहादुर कार्कीले बताउनु भयो । कार्यक्रम नेपाल बैंक लिमिटेड, पाल्पा शाखाका कर्जा कर्मचारी जीवन ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस