aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एक करोडको चेक बाउन्स केशका फरार व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
एक करोडको चेक बाउन्स केशका फरार व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका-९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका-४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा ब्कउजबति एबखष्लन ध्यचपक कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई  बैंक कान्तिपथ  शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेको प्रहरीले जनाएको छ ।

 उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस