aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बुक क्लोजको दिन नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
बुक क्लोजको दिन नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । बुक क्लोजको दिन पनि नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । प्रस्तावित लाभांश र आगामी साधारण सभाका लागि बुधवार यस बैंकले बुक क्लोज गरेको हो । वाणिज्य बैंकहरुमध्यको सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको शेयर लाभांश कायम गर्ने अवधि सकिदा पनि सर्वाधिक कारोबार भएको हो ।

 यस वर्ष ३३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव बैंकले गरेको छ । बुक क्लोजको आधारमा मंगलवारसम्म कायम शेयरधनीहरुले मात्र यो लाभांश पाउनेछन् । 

विगतका वर्षहरुमा पनि आकर्षक लाभांश दिदैं आएको यस बैंकको शेयरमूल्य समायोजन भएको दिन शेयर किन्ने हरु सक्रिय भएको देखिन्छ । बुधवार एक घण्टाको कारोबारमा नबिल बैंकको सर्वाधिक रू. १२ करोड २८ लाख २३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । 

नेप्सेले बैंकको ३३ दशमलव ५० प्रतिशत बोनसपछिको मूल्य रू. १ हजार ३८ तोकेको थियो । यो दिन रू. १ हजार ८० देखि खुला भएको बैंकको शेयरमूल्य एक घण्टामै प्रतिकित्ता रू. ५२ ले बढेर रू. १ हजार ९० पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस