aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

५७ प्रतिशत उद्योग चल्न थाले, अर्थतन्त्र लयमा फर्कदैछः गभर्नर अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
५७ प्रतिशत उद्योग चल्न थाले, अर्थतन्त्र लयमा फर्कदैछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग व्यवसाय सञ्चालन हुन थालेको बताएका छन् । आज बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले कोभिडपछि बन्द भएका उद्योग कलकारखाना ५६÷५७ प्रतिशत सञ्चालन हुन थालेको बताएका हुन् । 

कोभिडसँगै गरिएको लकडाउनका कारण ९४ प्रतिशत उद्योगहरू बन्द जस्तै अवस्थामा थिए । बन्द भएका उद्योग धन्दा सञ्चालनमा आउन थालेपछि अर्थतन्त्त पनि लयमा फर्कन थालेको उनले बताए । 

‘जेठमा राष्ट्र बैंकले गरेको एक अध्ययनले जम्मा ६ प्रतिशतमा उद्योगहरू सञ्चालनमा भएको देखाएको थियो,’ उनले भने ‘अहिले कोभिडकैबीच आर्थिक गतिविधि बढेको छ । पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्र विस्तारै अगाडि बढ्दै गएको गभर्नर अधिकारीले बताए ।  

अहिलेसम्म ८२ अर्ब पुर्नकर्जा प्रवाह भइसकेको छ उनले थपे ‘यो कर्जा अझ बढ्दो अवस्थामा छ । पुर्नकर्जा लिनेमा सबैभन्दा बढी १५ हजारसम्मका ऋणी रहेको राष्ट्र बैंकको तथ्यांक छ । 
 

प्रतिक्रिया दिनुहोस