aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आइएमई भरोसा कोशः चितवनका आवेदकलाई रकम वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
आइएमई भरोसा कोशः चितवनका आवेदकलाई रकम वितरण शुरु

काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

गत हप्ता पौस ९ गते बिहिबारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकाबीच आइएमईका प्रबन्धक रोशन रखाल, आइएमईका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व। बुद्धि लाल सार्कीका पत्नी सीता सार्कीलाई चेक हस्तान्तरण गरेका थिए ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस