aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

८ कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको समायोजन मूल्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ पुस २०७७
८ कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको समायोजन मूल्य कति ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन वाणिज्य बैंकसहित ८ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेपाल बैंक, एनएमबि बैंक, ,सेञ्चुरी कर्मशियल बैंक , बरुण हाइड्रोपावर ,साना किसान लघुवित्त, साधना लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकको शेयरमूल्य नेप्सेले समायोजन गरेको हो ।

 यी कम्पनीहरुले प्रस्तावित लाभांश र आगामी साधारण सभाका लागि बिहीवार बुक क्लोज गरेकाले नेप्सेले बोनसपछिको मूल्य तोक्नका लागि मूल्य समायोजन गरेको होे । बिहीवारदेखि यी कम्पनीहरुको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश पाउनेछैनन् । 

यस वर्ष नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नेप्सेले नेपाल बैंकको बोनसपछिको मूल्य ३३१ रुपैयाँ तोकेको छ ।   त्यस्तै १३ प्रतिशत बोनस शेयर र ३ दशमलव २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको एनएमबि बैंकको शेयरमूल्य बोनसपछि ३७८ रुपैयाँ तोकिएको छ भने ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको सेञ्चुरी कर्मशियल बैंकको बोनस पछिको शेयरमूल्य १९९ रुपैयाँ तोकिएको छ । 

कामना सेवा विकास बैंकको ४ दशमलव ४० प्रतिशत बोनस शेयरमा नेप्सेले २१६ रुपैयाँ मूल्य कायम गरेको छ । यस बैैंकले बोनस सशित शून्य दशमलव २३ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । १३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनसपछि समायोजन भएको मूल्य  २३५ रुपैयाँ तोकिएको छ । 

त्यसैगरी १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको साधना लघुवित्त वित्तीय संस्थाको बोनसपछिको मूल्य  १ हजार ३८ रुपैयाँ, २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको साना किसान लघुवित्तको बोनसपछिको मूल्य  १ हजार ४१५ रुपैयाँ र ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बरुण हाइड्रोपावर कम्पनीको बोनसपछिको मूल्य नेप्सेले १७१ रुपैयाँतोकेको छ ।

प्रस्तावित लाभांश पारितका लागि बरुण हाइड्रोपावर कम्पनीले पुस २६ गते र साना किसान लघुवित्तले पुस २८ गते र बाँकी ६ कम्पनीले पुस २९ गते साधारण सभा बोलाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस