
काठमाडौं । हिमालयन डिष्टिलरीको शतप्रतिशत लाभांश सहित अन्य ११ कम्पनीको प्रस्तावित लाभांश पुस १६ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।
हिमालयन डिष्टिलरी वाहेकका अन्य ११ कम्पनीहरु छ्याङदी हाइड्रोपावर कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, लक्ष्मी बैंक, मेरो माइक्रोफाइनान्स, विजय लघुवित्त, लक्ष्मी लघुवित्त, मेगा बैंक , पोखरा फाइनान्स, गुडवील फाइनान्स र सूर्या लाइफ इन्स्योरेन्स रहेका हुन । यी कम्पनीहरुले प्रस्तावित लाभांश र आगामी साधारण सभाका लागि शुक्रवार बुक क्लोज गर्ने भएका हुन ।
हिमालयन डिष्टिलरीले यस वर्ष ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद सहित शतप्रतिशत लाभांश , छ्याङदी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश , बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश, लक्ष्मी बैंकले ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले १६ दशमलव ९४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश, बिजय लघुवित्तले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश, लक्ष्मी बैंकले १५ प्रतिशत बोनस शेयर र १६ प्रतिशत नगद लाभांश , मेगा बैंकले १० प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।
त्यसैगरि, ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश, पोखरा फाइनान्सले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश , गुडवील फाइनान्सले ८ दशमलव ४० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश र सूर्या लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस