
काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने पुस १९ गते आइतवार अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि बैंकले १३औं वार्षिक साधारसभा पुस २९ गते बोलाएको छ । उक्त सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गरिने हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पर्याप्त गर्न सक्ने भएका हुन् ।
हाल यस बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा १५ प्रतिशत बोनस बैंकले वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस