aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सिटिजन्स बैंक भन्छ–‘सपनाको आकार हुँदैन, खुशीको सिमा हुँदैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
सिटिजन्स बैंक भन्छ–‘सपनाको आकार हुँदैन, खुशीको सिमा हुँदैन’

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले पछिल्ला दिनमा निकै आकर्षक नाराका साथ आफ्नो लगानी योजना अगाडि बढाएका छन् । यस्तैमा एक हो सिटिजन्स बैंकले अगाडि सारेको नारा ‘सपनाको कुनै आकार हुदैन र खुशीको कुनै सीमा, त्यसैले तपाई आँट मात्र गर्नुहोस सहयोग गर्न हामी छौँ ।’  

हुन पनि अनायासै रुपमा कसैले खुशी प्राप्त गर्यो र त्यसमा कुनै बैंकको योगदान रह्यो भने त्यो आफैमा महत्वपुर्ण विषय हुन्छ । अहिलेका बैंकले गर्ने भनेकै कुनै पनि सपना देख्ने मानिसको सपना साकार पार्न सहयोगि बन्ने हो ।   

सिटिजन्स बैंकले यहि सन्देश प्रवाह गर्न निर्माण गरेको सन्देशमुलक निकै प्रभावकारी छ । जसमा एक एउटी आमाले छोरी बेकम्मा बन्ने भई भनेर पिर गरिरहेको अवस्थामा उनको विभिन्न परिकार बनाउँदै र त्यसकै माध्यमबाट आफू स्थापित बन्ने सपना थाहा पाएपछि बैंकबाट ऋण लिएर त्यसलाई साकार गरेको देखाइएको छ । 

छोरीले कल्पना नै नगरेको खुशीमा आमा माध्यम बनेर बैंक सहयोगी बनेको देखाइएको सो भिडियो वास्तवमै सिटिजन्स बैंकले अघि सारेको नारालाई सम्बोधन गर्ने खालको छ । 

 

प्रतिक्रिया दिनुहोस