aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माछापुच्छ्रे बैंकले महिन्द्रा बाण्डका गाडी खरिदमा सहुलियत ऋण उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
माछापुच्छ्रे बैंकले महिन्द्रा बाण्डका गाडी खरिदमा सहुलियत ऋण उपलब्ध गराउने

काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे  बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । 

 सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत रअग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान  खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे  बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस