
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर १९ औँ वार्षिक साधारण सभा माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा बोलाएको हो।
साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस