
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले माघ १४ गते १३औं वार्षिक गर्ने भएको छ । बैंकको सञ्चालक समितिको आइतवार (पुस १९ गते) बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै सभा भर्चुअल माध्यमबाट गर्ने तयारी भएकाले भर्चुअल माध्यमबाट सहभागी हुन चाहाने शेयरधनीहरुलाई मिटिङ्ग आइडी र पासकोर्ड उपलब्ध गराउने बैंकले बताएको छ ।
सभाले चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २८ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र उक्त बोनस शेयर प्राप्त गर्ने छन् ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।
प्रतिक्रिया दिनुहोस