aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एनएमबि बैंकले १ अर्ब ५० करोड बराबरको उर्जा ऋणपत्र जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
एनएमबि बैंकले १ अर्ब ५० करोड बराबरको उर्जा ऋणपत्र जारी गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको उर्जा ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्ने अनुमति माग्दै पुस ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  

कम्पनीले कुल कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ भने ९ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । प्रतिऋणपत्रको मूल्य रू. १ हजार हुनेछ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।  


 

प्रतिक्रिया दिनुहोस