
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच पुस २० गते सम्झौता भएको छ । यी दुई कम्पनीविच समृद्धि फाइनान्सले प्रदान गर्ने विभिन्न कर्जा सुरक्षण गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता बमोजिम समृद्धि फाइनान्सले प्रदान गर्ने लघुवित्त तथा विपन्नवर्ग कर्जा, साना तथा मझौला उद्यमकर्जा, कृषिकर्जा, शैक्षिककर्जा तथा शैक्षिक बेरोजगार व्यवसायकर्जा र निर्यात कर्जामा निक्षेप तथा सुरक्षण कोषले सुरक्षण गर्नेछ ।
उल्लेखित कर्जाको सुरक्षणका लागि भएको सम्झौता कोषको प्रधान कार्यालय गहना पोखरी टङगाल, काठमाण्डौमा भएको हो । सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र निक्षेप तथाकर्जा सुरक्षणकोष कातर्फबाट प्रमुखकार्यकारी अधिकृत विष्णु बाबु मिश्रले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट“ग” बर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल पाँच वटा शाखा कार्यालयहरु मार्फत कारोबार गर्दै आएको छ । यस कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पु¥याएको छ । कम्पनीले गत कात्तिकमा हकप्रद शेयर विक्री गरेको थियो ।
फेरी पनि ५० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव सहित कम्पनीले पुस २७ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस