aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ पुस २०७७
नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । मंगलवार नारायणी डेभलपमेण्ट बैंकको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । कारोबारको दोस्रो घण्टामा कम्पनीको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशत बढेको हो । प्रतिकित्ता रू. ४७ ले बढेर यो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५२३ पुगेको हो । खरिद चाप उच्च हुँदा कम्पनीको शेयरमूल्य पनि बढेको हो । दोस्रो घण्टासम्मको कारोबार अवधिमा यस कम्पनीको ४७ हजार २४१ कित्ता शेयर खरिद माग रहेको छ भने विक्री कर्ता देखिएका छैनन् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा रू. ६ करोड ५६ लाख १६ हजार ९०० बराबरको हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै गत कात्तिक ७ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । 

प्रतिक्रिया दिनुहोस