aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धनगढीमाईमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
धनगढीमाईमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरे।

उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतो नियुक्त भएका छन्।शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्ने बैंकको भनाइ छ।

बैंकका अनुसार सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्।

बैंकका देसभरि २८४ शाखा, २८९ एटिएम, ४१ एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाइ छन्।

प्रतिक्रिया दिनुहोस