aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रदपछि २ सय प्रतिशत हकप्रद विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रदपछि २ सय प्रतिशत हकप्रद विक्री गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गर्दै २०० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव सार्वजनिक गरेको हो । 

यस कम्पनीले पुस २० गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार रुपैंया रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी  १३ करोड १२ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । सो पुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी ३९ करोड ३७ लाख १ हजार रुपैयाँ चुक्तापूँजी पु¥याउने प्रस्तावलाई सभाले पारित गर्नेछ । 

पुस २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्टार व्याङक्वेट, रत्ननगर, चितवनमा दिउसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र, नियमावलीमा जारी र चुक्तापूँजी संशोधन गर्ने निर्णयलाई अनुमोदन गर्नुका साथै कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति हुने, नयाँ लगानीकर्ता भित्र्याउँने प्रयोजनका लागि उपयुक्त बैंकमा निवेदन दिने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ । 

साधारणसभा प्रयोजनका लागि पुस २९ गते एक दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ । पुस २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा काोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुृनेछन् ।

२०७७ साउन ८ गते नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको यस कम्पनीले पूँजीबृद्धिलाई विशेष प्राथमिकता दिएर अघि बढेको छ । २०७० साल चैत ७ गते समस्याग्रस्त कम्पनीको रुपमा घोषणा भएसँगै रोक्का रहेको कम्पनीको शेयर कारोबार मंसिर ८ गतेदेखि सुचारु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस