aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लक्ष्मी बैंकले थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
लक्ष्मी बैंकले थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् । 

एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे । यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस