
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले माघ १५ गते छैठौं विशेष साधारण सभा बोलाएको छ । तिनाउ मिशन डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारण सभा गर्न लागेको हो ।
तिनाउ मिशनलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले सिटिजन्सलाई स्वीकृति प्रदान गरेकाले विशेष सभामार्फत अन्तिम रुप दिने तयारी बैंकले गरेको हो । विशेष सभाले बैंकको जारी तथा चुक्तापूँजी साविकको रू. ९ अर्ब ८१ करोड ७० लाख २ हजारदेखि बृद्धि भई रू. ११ अर्ब ६६ करोड २० लाख ४० हजार कायम हुने हुँदा सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्नेछ ।
बैंकले हाल कायम अधिकृत पूँजी रू. १० अर्बलाई बृद्धि गरी रू. १५ अर्ब पु¥याउने प्रस्ताव पनि सभामार्फत पारित गराउनेछ । साथै मिशन डेभलपमेण्टको १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपातलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि बैंकले माघ २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस