aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आज नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
आज नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९१ प्रतिशत बढ्यो

काठमाडौं । बिहीवार नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ कायम भएको हो । 

यस दिन कम्पनीको न्यूनतम रू. ६०३ देखि अधिकतम रू. ६३२ सम्मको मूल्यमा शेयर कारोबार भएको छ । तीन सय प्रतिशत हकप्रद विक्री गर्ने तयारीमा रहेको यस कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । 

पुस २० गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको यस कम्पनीले शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गर्दै २०० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव सार्वजनिक गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख १६ हजार रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी रू. १३ करोड १२ लाख ३३ हजार पुग्नेछ । सो पुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ । 
 

प्रतिक्रिया दिनुहोस