aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

राष्ट्र बैंकले तोक्यो अन्तर बैंक एटीएम कारोबारको शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
राष्ट्र बैंकले तोक्यो अन्तर बैंक एटीएम कारोबारको शुल्क

काठमाडौं । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने भएको छ । यो व्यावस्था आउँदो माघ १ गतेदेखि लागू हुनेछ । 

कोभिडको जोखिमबाट बच्‍च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो । 

बैंकका अनुसार अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउने छन् । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ । 

त्यस्तै, बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफै रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस