
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ । संस्थाको तेश्रो वार्षिक साधारण सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको हो ।
पौष २ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभामा संस्थाले निष्कासन गर्न लागेको हकप्रद तथा साधारण शेयर (आईपीओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरिसकेको छ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस