
काठमाडौं । भोलि (शनिबार) पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले बैंकका शाखा, काउन्टर तथा क्लियरिङ हाउस खुला राख्न निर्देशन दिएको हो ।
बेंकले राजस्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु खुल्ने जानकारी गराएको हो । केन्द्रिय बैंकले राजस्व संकलन गर्ने बैंकका शाखारकाउन्टरहरु एवम् क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस