
काठमाडौ । राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीमा १० विकास बैंक र फाइनान्स कम्पनी थपिएका छन् । आज शुक्रबारदेखि ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक आवद्ध भएका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलमेण्ट बैंक, लुम्बिनी विकास बैंक, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सले आरटीजीएस प्रणालीमा आवद्ध भई कारोबार गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आरटीजीएस प्रणाली लागू गरेको हो ।
प्रतिक्रिया दिनुहोस