
काठमाडौं । माछापुच्छ्रे बैंकले टाटा ब्राण्डका सवारी साधनहरुको खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी सम्झौतामा बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबिच सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल सवारी खरिदमा माछापुच्छ्रे बैंकबाट सहज र सरलरुपमा कर्जा पाउने भएका छन् । उक्त सम्झौतापत्रमा र सिप्रदीका अध्यक्ष राजन बाबु श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
हाल बैंकले १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस