
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको जनाएको छ ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस