aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ पुस २०७७
सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा मिति शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ  २९ पैसा बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ प्रतिशतका दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार ७ सय २३ रुपैयाँ र ६२ पैसा (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।   

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई  ९,४८,७९,४४,४९९ रुपैयाँ ३९ पैसा कायम हुन गएको छ । 

बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस