
काठमाडौं । लाभांश पारित गर्न प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको छ । वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको हो ।
सभामा बैंकको मंसिर २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस