aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडों । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । 

आर्थिक वर्ष २०७६/७७ सम्मको नाफा बाट शेयरधनीलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ औँ वार्षिक साधारणसभामा बैंकले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए । 

यस बैंकले ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस