aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको हो । 

बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० वर्ष, ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र , २०८७’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस