aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फण्ड सञ्चालन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फण्ड सञ्चालन गर्ने

काठमाडौं । सानिमा क्यापिटलले रू. १ अर्ब बराबरको सानिमा लार्ज क्याप फण्ड सञ्चालन गर्ने भएको छ । उक्त फण्ड सञ्चालनका लागि क्यापिटलले माघ ९ गतेदेखि १० करोड इकाई विक्री खुला गर्ने भएको हो । प्रति इकाई रू. १० अंकित दरको कुल इकाईमध्य १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

छिटोमा माघ १३ र ढिलोमा माघ २६ गतेसम्म विक्री खुला हुने यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरिदको माग गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्द मुखि योजना हो । इकाई बाँडफाँट भएको मितिले सात वर्षमा यो योजना परिपक्क हुनेछ । 

इकाई खरिदको लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपबाट आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस