aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस २७ गते (आज) अन्तिम दिन रहेको छ । यस बैंकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न बैंकले  १९ औं वार्षिक साधारणसभा आगामी माघ १६ गते बोलाएको छ । 

बैकले साधारणसभा प्रयोजनका लागि पुस २८ गते एक दिन शेयर बुक क्लोज गर्ने भएकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने भएका हुन् ।
 
बुक क्लोजको आधारमा पुस २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।


 

प्रतिक्रिया दिनुहोस